
जनकपुरधाम, १ मंसिर–तराईमा सशस्त्र गतिविधि सञ्चालन गर्नेमध्ये जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजन समूह)का अध्यक्ष राजनमुक्ति भनिने रञ्जित झा पक्राउ परेका छन् ।
धनुषाको लक्ष्मीपुर बगेबा–७ मा बस्ने झा तराई क्षेत्रमा विभिन्न आपराधिक, हिंसात्मक, चन्दा सङ्कलन र हत्याका अभियुक्त हुन् । प्रहरीले उनी पक्राउ परेको कुरालाई पुष्टि गरिसकेको छ ।
प्रहरीका अनुसार जनकपुरभन्दा बाहिरबाट उनलाई शुक्रबार पक्राउ गरिएको थियो ।