
काठमाण्डु, १ मंसिर । ब्राजिलमा हुने विश्वकप फुटबलको प्लेअफमा पोर्चुगलले स्वीडेनलाई पराजित गरेको छ । शुक्रबार राती भएको पहिलो प्लेअफमा पोर्चुगलले क्रिष्टियानो रोनाल्डोको गोलमा स्वीडेनलाई १–० ले पराजित गरेको हो । रोनाल्डोले ८२ औं मिनेटमा लो हेड गोल गरेका थिए ।
दोस्रो लेग स्वीडेनमा हुनेछ । अर्को प्लेअफमा युक्रेनले फ्रान्सलाई २–० गोल अन्तरले पराजित गरेको छ ।