सेनाको रात्रिगस्ती सुरु

काठमाण्डु टुडे २०७० मंसिर १ गते २:५२ मा प्रकाशित

sena ko Gastiत्रिशुली, १ मंसिर । संविधानसभा निर्वाचनमा शान्तिसुरक्षा चुस्त राख्न नेपाली सेनाले नुवाकोटका सबै गाविसमा रात्रिगस्ती सुरु गरेको छ । यही मंसिर ४ गतेसम्मका लागि निर्वाचन सुरक्षाका लागि नेपाली सेनाको फस्ट राइफल गणले रातिको गस्ती पेट्रोलिङ सुरु गरेको हो ।

सेनाले यसअघि दिउँसोमा मात्रै गस्ती गर्दै आएकोमा अब सबै गाविसमा राति पनि गस्ती सुरु गरेको गणपति हरिबहादुर चौहानले जानकारी दिए । चौहानका अनुसार सवारीसाधन र पैदल पेट्रोलिङ दुवै हुने छ ।

नुवाकोटमा निर्वाचन सुरक्षाका लागि तीन वटै क्षेत्रमा सेनाका १२ वटा अस्थायी बेसक्याम्प राखिएको छ । सोही क्याम्पबाट गस्ती पेट्रोलिङ हुने जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us