नेपालले केन्याको सामना गर्दै

काठमाण्डु टुडे २०७० मंसिर १ गते २:१२ मा प्रकाशित

Nepal-vs-Kenyaकाठमाण्डु, १ मंसिर । युएईमा जारी विश्वकप छनौट ट्वान्टी–ट्वान्टी क्रिकेटको दोस्रो खेलमा नेपालले शनिबार केन्याको सामना गर्दैछ । विगतका प्रदर्शनलाई हेर्दा केन्या नेपालभन्दा बलियो टोली छ ।

विश्वकपको अनुभवि केन्यालाई हराउन नेपाललाई कठिन पर्ने अनुमान गरिएको छ । यद्यवी पछिल्लो समय खराब प्रदर्शनबाट गुज्रिदै आएको केन्यालाई हराएर विश्वकपमा छनौट हुने बाटोलाई सहज पार्न नेपालले प्रयास गर्ने छ ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपालले डेनमार्कलाई पाँच विकेटले हराएर सुखद शुरुआत गरेको थियो । ८० रनको सामान्य लक्ष्य नेपालले १३ ओभर १ बलमै पूरा गरेको थियो । नेपालको जितमा पारस खड्काले विष्फोटक ब्याटिङ गर्दै ३४ बलमा पाँच छक्का र एक चौकाको मद्दतमा ४८ रन जोडेका थिए । बलिङतर्फ नेपालका सागर पुनले १२ रन खर्चिएर ३ विकेट झारेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us