प्रहरी महानिरीक्षकसहित ६ एआईजीको अवकाश

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते १२:५६ मा प्रकाशित

काठमाण्डु, २९ कात्तिक– प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले उमेर हदका कारण शुक्रबारदेखि अनिवार्य अवकाश पाएका छन् ।
रानासहित ७ अतिरिक्त महानिरीक्षकले पनि एकैसाथ प्रहरी संगठनबाट अवकाश पाएका छन् ।

policeअवकाश पाउने अतिरिक्त महानिरीक्षकहरुमा नवराज ढकाल, भीष्म प्रसाई, दीनकरशम्शेर जवरा, गंगा पाण्डे, रमेशविक्रम शाह र पुष्कलनाथ रेग्मी छन् । उनीहरुसँगै प्रहरी सेवामा प्रवेश गरेका नायव महानिरीक्षक टपेन्द्रध्वज हमालले पनि शुक्रबार नै नै अनिवार्य अवकास पाएका छन् ।

प्रहरी मुख्यालय नक्सालमा आयोजित विशेष समारोहबीच उनीहरु सबैलाई विदाई गरिएको छ । विदाई समारोहमा रानाले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

आफ्नो कार्यकालमा प्रहरी सेवाको भर्ना छनौट, वृत्ति विकास र मूल्याङ्कन पद्धति वैज्ञानिक बनाउन लोकसेवाको सिद्धान्त लागू गर्न सकेकामा सन्तोष व्यक्त गरे । सरकारले प्रहरी महानिरीक्षकमा अतिरिक्त महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई नियुक्त गरिसकेको छ ।

उनले शनिबारदेखि कार्यभार सम्हाल्ने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us