निर्वाचनका बेला देशभर ४ सय २५ वटा घटना

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते १२:३२ मा प्रकाशित

काठमाण्डु, २९ कात्तिक– निर्वाचन आयोगले निर्वाचन तयारीका क्रममा हालसम्म देशका विभिन्न स्थानमा साना ठूला गरी ४ सय २५ वटा घटना घटेको election_commissionबताएको छ ।
कान्तिपथस्थिगत आयोग कार्यालयमा शुक्रबार भएको नियमित पत्रकार सम्मेलनमा आयुक्त दोलखबहादुर गुरुङले देशभर ७४ वटा बन्द, २४ स्थानमा अवरोध, २९ वटा विरोधका कार्यक्रम तथा २८ वटा तोडफोडका घटना भएको जानकारी दिए ।

उनले यसअवधिमा १२ स्थानमा अनिर्वाचन सामग्री लुटिएको, १ सय ६२ स्थानमा शंकास्पद वस्तु फेला परेको र  ३५ स्थानमा वटा बम विस्फोट भएको बताए । यस्तै १० स्थानमा बम प्रहार भएको छ भने १० स्थानमा चुनावीसभा विथोलिएका छन् ।

गुरुङका अनुसार चुनावमा भाग लिएका दलका कार्यकार्तबीच ४३ स्थानमा झडप भएको छ । विभिन्न कारणले ३५ जना घाइते भएका छन् भने  तीन जना अहपरणमा परेका छन् ।

अपहरित सबै अपहरणमुक्त भइसकेको आयोगले जनाएको छ । आयोगले अघिल्लो संविधानसभा निर्वाचनको तुलनामा यसपटक ३० प्रतिशत कम घटना भएको जनाएको छ ।

निर्वाचन नजिकिंदै गरेका कारण दलहरुबीच केही स्थानमा असमझदारी र झडप भए पनि शान्तिपूर्ण वातावरणमा निर्वाचन प्रचार–प्रसार भइरहेको दाबी आयोगको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us