डेनमार्कलाई हराउँदै नेपालको विजयी सुरुवात

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते ८:५३ मा प्रकाशित

T20- worldcup-Bangladesh-2014काठमाण्डु, २९ कात्तिक– संयुक्त अरब ईमिरेट्स (युएई)मा शुक्रबाट सुरु विश्वकप ट्वान्टी–२० क्रिकेट छनोट प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्दै नेपालले डेनमार्कलाई ५ विकेटले हराएको छ । योसँगै नेपालल छनोट प्रतियोपगतामा सानदार विजयी सुरुवात गरेको हो ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको डेनर्माकले १९ ओभर ४ बलमा अलआउट हुँदै ७९ रनका साथ नेपाललाई ८० रनको लक्ष्य दिएको थियो । सो लक्ष्य नेपालले १३.१ ओभरमा ५ विकेट गुमाउँदै चुमेको हो ।

निकै खराब सुरुवात गरी नेपालले दोस्रो ओभरको चौथो बलमा मात्र रन लिन सकेको थियो । कप्तान पारस थापाको प्रवेशसँगै खेलमा नेपालले लय लिएको थियो । जितक लागि पारसले ४८ रन जुटाए भने सुवास खकुरेलले १६ रन बनाए । त्यस्तै शरद भेसवाकर ५ र सागर पुन २ रनमा अविजित रहे ।

डेनमार्ककालागि भने सबैभन्दा बढी हमिद शाहाले १८ रन जोडे । यासिर एक्वालले १७ तथा मिचेल पेडर्सनले १५ रन जोडे । अन्यले भने दोहोरो अंकको रन बनाउन सकेनन् । डेनर्माकलाई सस्तैमा समेट्न सागर पुनले ३ विकेट लिए । जितेन्द्र मुखिया र बसन्त रेग्मीले २–२ तथा शक्ति गौचन र पारस खड्काले १–१ विकेट लिए ।

नेपाल र डेनमार्क गत बर्ष युएईमै छनौट प्रतियोगिता खेलेका थिए । सो खेलमा नेपाल ९ विकेटले विजयी भएको थियो । शक्ति गौचनले ह्याट्रिक गर्दै खेल स्मरणीय बनाएका थिए । १६ टोली सहभागी विश्वकप टी–ट्वान्टी छनोट प्रतियोगिताबाट शीर्ष ६ टोली विश्वकपका लागि छानिने छन् । नेपालको समूहमा डेनमार्क, अफगानिस्तान, स्कटल्याण्ड, नेदरल्याण्ड्स, केन्या, बर्मुडा र पपुवा न्युगिनी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us