काँग्रेसद्वारा एमाओवादी कार्यकर्ताको हत्या

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते ८:०२ मा प्रकाशित

सोलुखुम्बु, २९ कात्तिक– एकीकृत माओवादी सोलुखुम्बुले नेपाली काँग्रेसले आफ्ना कार्यकर्ताको हत्या गरेको आरोप लगाएको छ । एमाओवादी सोलुखुम्बुका इन्चार्ज पासाङ शेर्पाले विहिबार विज्ञप्ति जारी गर्दै काँग्रेसले आफ्नो कार्यकर्ता रश्मी राईको हत्या गरेको आरोप लगाएको हो ।

बिहीबार बिहान जिल्लाको देउसा–७ स्थित बर्खुखोलाको तिरमा टाउको फुटेको अवस्थामा स्थानीय २१ वर्षीया रश्मी राईको शव भेटिएको थियो । एमाओवादीका कार्यकर्ता डिल्लीशेर राईको घरमा सुतिरहेकी राईलाई गत बुधबार राति करिब १ बजे ६/७ जनामा आएको काँग्रेसका समूहले हत्या गरेको एमाओवादीको भनाइ छ । विहिबार दिउँसो २ बजे उनी मृत अवस्थामा भेटिएको थियो ।

तर नेपाली काँग्रेसले भने राईको हत्यामा आफ्नो पार्टीको संलग्नता नरहेको दाबी गरेको छ । अहिले शवको स्थलगत मुचुल्का तयार गरी परीक्षणका लागि जिल्ला अस्पताल लागिएको र घटनाका सम्बन्धमा छानबिन भइरहेको प्रहरी नायब उपरीक्षक बद्रीविक्रम थापाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us