रेल दुर्घटनामा पाँचजनाको मृत्यु

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते ५:४६ मा प्रकाशित

train-accidentकाठमाण्डु, २९ कात्तिक–भारतमा शुक्रबार विहान रेल दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । अन्य ५० यात्रु घाइते भएका छन् । घाइतेहरुको अस्पतालमा उपचार भैरहेको छ ।

नयाँदिल्लीबाट एर्नाकुलम जाँदै गरेको मंगला एक्सप्रेसको रेल शुक्रबार विहान साढे ६ बजे नासिक भन्ने स्थानमा दुर्घटना भएको हो ।
रेल लिकबाट बाहिर गएर दुर्घटना भएको भारतीय सन्चार माध्यमले जनाएका छन् । रेलवे बोर्डका प्रमुख अरुणेन्द्र कुमारका अनुसार इन्जीनबाट १३ वटा डिब्बा लिकबाहिर उछिट्टिएका छन् ।

दुर्घटनापछि सो क्षेत्रमा रेलवे सेवा अबरुद्ध भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us