कोलम्बोमा राष्ट्रमण्डल सम्मेलन शुरु हुदै

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते ५:२३ मा प्रकाशित

काठमाण्डु, २९ कात्तिक–श्रीलंकाको राजधानी कोलम्बोमा शुक्रबारदेखि राष्ट्रमण्डल सम्मेलन सुरु हुँदैछ । बेलायतका राजकुमार चाल्र्सले उदघाटन गर्ने सम्मेलन भारत, क्यानडा तथा मोरिशसले बहिस्कार गरेका छन् ।

सम्मेलनमा बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले श्रीलंका सरकार समक्ष युद्ध अपराध सम्बन्धी प्रश्न उठाउने बताइएको छ । यसअघि श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षले युद्ध अपराधको प्रश्न नगर्न बेलायती प्रधानमन्त्रीलाई चेतावनी दिएका थिए ।

तीन दिनसम्म चल्ने सम्मेलनमा श्रीलंकाको गृह युद्धपछिका तस्विरहरु पनि प्रदर्शन गरिने छ । सन् २००९ मा तमिल टाईगर विद्रोही विरुद्ध भएको निर्णायक कारबाहीसँगै श्रीलंकामा २५ वर्षदेखि चलेको गृह युद्ध समाप्त भएको थियो । श्रीलंकाले सो क्रममा तमिल विद्रोह दवाउन गम्भिर मानव अधिकार उल्लंघन गरेको आरोप लागेको छ । तर उसले त्यसको खण्डन गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us