मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते ४:३७ मा प्रकाशित

कञ्चनपुर, २९ कात्तिक–पूर्व पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको वाणी क्षेत्रमा भएको मोटरसाइल दुर्घटनामा शुक्रबार त्रिभुवनवस्तीका बुद्धिप्रसाद आचार्यको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बृखबहादुर रावलका अनुसार विपरीत दिशाबाट आउँदै गरेको से १ प ५३२२ र से २ प ३१६८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर आचार्यको मृत्यु भएको हो ।

मृतक आचार्यकी श्रीमती र अर्को मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन् । घाइते तीनै जनालाई उपचारका लागि भारततर्फ लगिएको छ ।

बस दुर्घटनामा एघार जना घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको माईस्थानमा शुक्रवार बिहान बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । काठमाण्डुबाट झापाको काँकडभिट्टा गइरहेको ना.४ ख ४७३६ नम्बरको बस बिहान साढे ५ बजे महोत्तरीको लक्ष्मिनियाँ गाविस–५ स्थित पुलमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी झापाका ४५ वर्षीय अम्बीप्रसाद पोखरेल, १३ वर्षीया सोनिका पोखरेल, २५ वर्षीय माधव राई, २२ वर्षीया रामकुमारी राई र ४० वर्षीय शान्तिराम भुजेल, दोलखाका १८ वर्षीय देवराज तामाङ, ४८ वर्षीय कामी तामाङ, मोरङका १४ वर्षीया निस्ता काफ्ले, ५६ वर्षीय छत्रबहादुर राई, २० वर्षीय सुरज बुढाथोकी र सुनसरीका ४९ वर्षीय हिरामणि पोखरेल घाइते भएका इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । घाइतेहरुको बर्दिवासस्थित शुभ स्वस्तिक पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरी निरीक्षक अशोक झाले जानकारी दिए ।

घाइतेहरुले चालकको लापर्वाहीले गर्दा तीव्र गतिमा गइरहेको बस पुलमा ठोक्किएर पल्टिएको बताएका छन् । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले घाइतेहरुको उद्धार गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us