अखिल क्रान्तिकारी केन्द्रीय सदस्य पक्राउ

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते ४:१० मा प्रकाशित

Bijya-dev-Bhattaraiकाठमाण्डु, २९ कात्तिक–चुनाव विरोधी गतिविधिमा लागेको आरोपमा प्रहरीले चाबहिलबाट नेकपा–माओवादीका एक कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विहीबार राती ११ बजे चाबहिलस्थित घरबाट विजयदेव भट्टराईलाई पक्राउ गरेको हो ।

उनी अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा पूर्वान्चल विश्वविद्यालयका संयोजक हुन् । भट्टराई हाल काठमाण्डु क्षेत्रनम्बर ४ मा कार्यरत थिए ।
गौशाला प्रहरीको टोलीले विना पूर्जी भट्टराईलाई पक्राउ गरेको थियो । प्रहरीले परिवारका सदस्यहरुको पाँचथान मोबाइल सेट र मट्टीतेलसमेत लुटेर लगेको छ । मिर्गौला रोगबाट पीडित भट्टराईलाई हाल महानगरीय प्रहरी वृत्त बौद्धमा राखिएको छ । परिवारका सदस्यहरुले प्रहरी धरपकडको निन्दा गर्दै भट्टराईलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

यसैबीच काठमाण्डुको बालाजुबाट विहीबार राती अर्का एकजना माओवादी कार्यकर्तालाई पेट्रोल बमसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us