कर्मचारीहरु मतदान केन्द्रमा खटिए

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते ३:२१ मा प्रकाशित

Sindhuliसिन्धुली, २९ कात्तिक–सिन्धुलीमा मंसिर ४ गते हुने संविधान सभा निर्वाचनको लागि मतदान केन्द्रमा कर्मचारीहरु शुक्रबारदेखि खटिएका छन् ।
शुक्रबार विहान सबै मतदान केन्द्रमा मतपेटीका, मतपत्र, मतदाता परिचय पत्र लगाएत सबै सामाग्रि लिएर कर्मचारीहरु खटिएको प्रमुख निर्वाचन अधिकृत देवेन्द्रप्रसाद पौडेलले जानकारी दिए । पौडेलका अनुसार सिन्धुलीबाट मतदान केन्द्र अधिकृत, सहायक अधिकृत र सहयोगी गरी १ हजार ५ सय ३६ जना खटिएका छन् ।

सिन्धुलीको निर्वाचन क्षेत्र नं. १ मा ६२, क्षेत्र नं. २ मा ८७ र क्षेत्र नं. ३ मा ६७ मतदान छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us