नेपाललाई डेनमार्कको ८० रनको लक्ष्य

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते २:४६ मा प्रकाशित

T20- worldcup-Bangladesh-2014काठमाण्डु, २९ कात्तिक–संयुक्त अरब ईमिरेट्स (युएई)मा शुक्रबाट सुरु विश्वकप ट्वान्टी–ट्वान्टी क्रिकेट अन्तर्गत छनोट प्रतियोगितामा नेपाललाई डेनमार्कले ८० रनको विजय लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ शुरु गरेको डेनर्माकले १९ ओभर ४ बलमा अलआउट हुँदै ७९ रन जोडेको हो । डेनमार्ककालागि सबैभन्दा बढी हमिद शाहाले १८ रन जोडे । यासिर एक्वालले १७ तथा मिचेल पेडर्सनले १५ रन जोडे । अन्यले भने दोहोरो अंकको रन बनाउन सकेनन् ।

डेनर्माकलाई सस्तैमा समेट्न सागर पुनले ३ विकेट लिए । जितेन्द्र मुखिया र बसन्त रेग्मीले २–२ तथा शक्ति गौचन र पारस खड्काले १–१ विकेट लिए ।

नेपाल र डेनमार्क गत बर्ष युएईमै छनौट प्रतियोगिता खेलेका थिए । सो खेलमा नेपाल ९ विकेटले विजयी भएको थियो । शक्ति गौचनले ह्याट्रिक गर्दै खेल स्मरणीय बनाएका थिए ।
१६ टोली सहभागी विश्वकप टी–ट्वान्टी छनोट प्रतियोगिताबाट शीर्ष ६ टोली विश्वकपका लागि छानिने छन् । नेपालको समूहमा डेनमार्क, अफगानिस्तान, स्कटल्याण्ड, नेदरल्याण्ड्स, केन्या, बर्मुडा र पपुवा न्युगिनी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us