उत्तरी गोरखामा हिमपात

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते १:३६ मा प्रकाशित

गोरखा, २९  कात्तिक–जिल्लाको उत्तरी क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण जनजीवन कष्टकर बनेको सामागाउँबाट शिक्षक वीरबहादुर लामाले जानकारी दिए ।

जिल्लाको उत्तरका उच्च हिमाली क्षेत्र अन्तर्गत पर्ने सामागाउँ, विही, ल्हो, प्रोक, छेकम्पार, सिर्दीवास लगायतका गाविसमा हिमपात भएको हो ।
यो वर्ष छिटो हिमपात भएको शिक्षक लामाले बताए । हिमपातसँगै चिसो बढेको छ । यहाँको बाटो भएर लार्केपास जान लागेका पर्यटकहरु बीच बाटोबाटै फर्किएका छन् ।

संविधानसभाको निर्वाचनका लागि यी गाविसमा २० वटा मतदान केन्द्र रहेका छन् । त्यसका लागि सयभन्दा बढी कर्मचारी त्यसतर्फ लागेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us