हतियार व्यापारी पक्राउ

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते १:२७ मा प्रकाशित

arrestगौशाला, २९ कात्तिक–महोत्तरी प्रहरीले महोत्तरीको पश्चिमी सीमानाका सम्सीबाट एक भारतीय हतियार व्यापारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सीतामढी जिल्लाअन्तर्गत कन्हमा बस्ने ३१ वर्षीय बिजय साह रहेको जल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरीले हतियार व्यापारी साहलाई सम्सीको एक घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी निरीक्षक एकबाल हवाडीले जानकारी दिए । पक्राउ परेका हतियार व्यापारी साहले भारतबाट हतियार ल्याई नेपालका विभिन्न भागमा पु¥याउने काम गर्दै थिए । अहिले उनी ठूलो मात्रामा लागु औषधसहित पक्राउ परेका हुन् । केही महिनादेखि प्रहरीको मुख्य निगरानीमा रहेका साहलाई प्रहरीको अपराध अनुसन्धान टोलीले पक्राउ गर्न सफल भएको हो ।
आसन्न संविधानसभाको निर्वाचनमा अपराधीहरुले भारतीय भूमी हुँदै जिल्लामा आपराधिक क्रियाकलाप बढाउन सक्ने भन्दै प्रशासनले भारतसँग सीमा जोडिएको १३ गाविसमा सुरक्षा सतर्कता बढाएको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us