सामाखुशी विष्फोटका घाइतेहरुको उपचार सरकारले गर्ने

काठमाण्डु टुडे २०७० कार्तिक २८ गते १४:५७ मा प्रकाशित

काठमाण्डु, २८ कात्तिक– बुधबार सामाखुशीमा एक माइक्रो बसमा पेट्रोल बम प्रहार हुँदा घाइते भएकाहरुको उपचार सरकारले गर्ने भएको छ । घटनामा ९ जना घाइते भएका थिए, जसमा चार वर्षीय एक बालिका पनि परेकी थिइन् ।

टोखाको ग्रान्डी असपतालमा उपचार भइरहेका घाइतेहरुको उपचार खर्च सरकारले बेहोर्ने निर्णय भएको काठमाण्डु प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले जनाएका छन् । उनले भने, ‘घाइतेहरुले को उपचार खर्च सरकारले बेहोर्ने निर्णय भइसकेको छ ।’

उनले बन्दका क्रममा तोडफोड तथा आगजनी भएका  १३ गाडी धनीहरुलाई राहत उपलब्ध गराइसकेको जनाउँदै बिहिबार थप पाँच जनाले राहतको दाबी गरेको बताए । अहिले राहतमा दुई लाख छ हजार रकम खर्च भइसकेको उनले जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us