पत्रकार रावल रिहा

काठमाण्डु टुडे २०७० कार्तिक २८ गते १३:४१ मा प्रकाशित

काठमाण्डु, २८ कात्तिक– क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश रावल रिहा भएका छन् ।

रावललाई प्रहरीले बिहीबार काठमाण्डुको अनामनगरबाट पक्रेको थियो । उनी काठमाण्डुबाट प्रकाशित जनस्वयम् सेवक मासिकका कार्यकारी सम्पादक हुन् । रावलले आफूलाई फोनबाट धम्की दिएर चन्दा माग गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिए । उनलाई करिब तीन घण्टा महानगरीय प्रहरी प्रभाग सिंहदरबारमा राखेर छाडिएको थियो । मोहन वैद्य नेतृत्वको नेकपा माओवादीका पक्षमा समाचार लेखेका आधारमा पक्राउ गरिएको भन्दै सञ्चार सम्वद्ध विभिन्न संघ/संस्थाले रावलको रिहाइको माग गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us