
इलाम, २८ कात्तिक– कााग्रेस उपसभापति रामचन्द्र पौडेलले आफ्नो पार्टीको बहुमत आए आगामी एक वर्षभित्र लोकतान्त्रिक संविधान निर्माण गर्ने दाबी गरेका छन् ।
इलामको फिक्कलमा भएको चुनावी सभालाई बिहीबार सम्बोधन गर्दै पौडेलले कााग्रेसका पक्षमा देशव्यापी जनलहर आएकाले दुई तिहाई बहुमत आउने जिकिर गरे ।
एमाले र माओवादीको झुठा आश्वासनमा लागेर मतदान नगर्न मतदातालाई पौडेलको आग्रह थियो । कम्युनिष्टहरुलदे जतिसुकै विकासका कुरा गरे पनि विकासको नेतृत्व लिन नसक्ने भनाइ उनको छ ।
पौडेलले निर्वाचन बहिस्कारका नाममा मोहन वैद्य नेतृत्वको नेकपा– माओवादीलाई जनतालाई दु:ख दिइरहेको आरोप लगाए । वैद्य माओवादीलाई जनता आफैंले ठेगान लगाउने टिप्पणी पौडेलले गरे ।
जनाधार नभएको वैद्य माओवादीले निर्वाचन हुन दिन्न भन्नु जनताको मताधिकारमाथिको हस्तक्षेप भएको पौडेलले बताए ।