मतदान अधिकृतले नै हराए मतदाता परिचयपत्र

काठमाण्डु टुडे २०७० कार्तिक २८ गते १०:०० मा प्रकाशित

khotang_mapखोटाङ, २८ कात्तिक– खोटाङको एक मतदान केन्द्रका मतदान अधिकृत आफैंले मतदाता परिचयपत्र र मतदाता नामावली हराएका छन् । जिल्ला निर्वाचन कार्यालय खोटाङबाट मङ्गलबार बुझेको मतदाता परिचयपत्र र मतदाता नामावली मतदान धनबहादुर अधिकृत श्रेष्ठ र सहायक अधिकृत हरिप्रसाद आचार्यले हराएका हुन् ।

जिल्लाको दक्षिणी गाविस बाहुनीडा“डास्थित कालिका निमावि मतदान केन्द्रमा पठाइएको मतदाता परिचयपत्र र मतदाता नामावली हराएका हुन् । ती सामग्री हराएपछि मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई हटाएर अर्को व्यक्तिलाई खटाइएको मुख्य निर्वाचन अधिकृत ईश्वरीप्रसाद गौतमले बताए ।

उनका अनुसार मतदाता परिचयपत्र र मतदाता नामावली हराएपछि उनीहरुको बदलामा मतदान अधिकृतमा जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक ठूलकुमार साह र सहायक मतदान अधिकृतमा दीपककुमार श्रेष्ठलाई खटाइएको छ । मतदाता परिचयपत्र र मतदाता नामावलीको विकल्पको खोजीका लागि निर्वाचन आयोगमा परिपत्र गरिएको अधिकृत गौतमले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us