बम पड्काउनेहरुलाई कडा कारवाही गर्ने सरकारको चेतावनी

काठमाण्डु टुडे २०७० कार्तिक २८ गते १०:०२ मा प्रकाशित

singh durbarकाठमाण्डु, २८ कात्तिक– सरकारले सार्वजनिक सभा–सम्मेनल तथा सवारी साधनमा बम विष्फोट गराउनेहरुलाई कानुनअनुसार कडा कारबाही गर्ने चेतावनी दिएको छ । सभा–सम्मेलन तथा नेता–उम्मेदवार लक्षित गरि बम विष्फोट गर्ने सवारी साधनमा पेट्रोल बम प्रहार गर्नु क्रुर अमानवीय घटना भएको भन्दै कडा कारवाही गर्ने प्रतिवद्धता जनाएको हो ।

बिहिबार बसेको मन्त्रिपरिषद बैठकले निर्वाचन बिथोल्न गरिएको बन्दका अवज्ञा गर्ने र बन्दविरुद्ध शान्ति र्‍याली निकाल्ने व्यवसायीहरुलाई धन्यवाद समेत दिएको छ । बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री माधव पौडेलले भने, ‘नेपाल सरकार संविधानसभाको यो महा अभियानमा थप योगदान दिन सबै पक्ष तथा नेपाली जनतालाई आह्वान गर्दछ ।’

सरकारले संविधानसभा निर्वाचनका देखिने विवाद समाधानका लागि तीन सदस्यीय संविधानसभा अदालत पनि गठन गरेको छ । सो अदालतमा सर्वोच्चमा कल्याण श्रेष्ठ, गिरिचन्द्र लाल र सुशीला कार्की रहेका उनले बताए । साथै बन्दका समयमा तोडफोड तथा आगजनी भएमा गाडी धनीलाई तत्काल दिइने राहत २५ हजारबाट ५० हजार पुर्‍याउने निर्णयको अनुमोदन समेत गरेको मन्त्री पौडेलले बताए ।

त्यस्तै मन्त्रिपरिषदको बैठकले चीनबाट अनुदान तथा ऋणमा हवार्इजहाज ल्याउने प्रक्रियया थालनी गर्नका लागि अर्थसचिव शान्तराज सुवेदीलाई जिम्मेवारी दिएको छ । नेपाली सेनाका काजीबहादुर खत्रसिहित पाँच महासेनानीको दुई वर्ष सेवा अवधि थप गरिएको पनि मन्त्री पौडेलले जनाए । उनीहरुको आउँदो पुस २७ मा सेवाअवधि सकिँदै थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us