देश सङ्कटकालको चक्रब्यूहमाः थापा

काठमाण्डु टुडे २०७० कार्तिक २८ गते ९:२३ मा प्रकाशित

Kamal-Thapaभक्तपुर, २८ कात्तिक– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जनताले चाहेको परिवर्तन राप्रपा नेपालले मात्र दिनसक्ने दाबी गरेका छन् ।

राप्रपा नेपाल भक्तपुरले बिहिबार दत्तात्रयबाट सुरु गरेको चुनावी ¥यालीपछि तौमढीमा आयोजित आमसभामा बोल्दै थापाले जनआन्दोलनपछि परिवर्तन ल्याउँछु भन्ने ठूला दलले जनतालाई परिवर्तन दिन नसकेपछि जनताले राप्रपा नेपालबाट परिवर्तन चाहेको दाबी गरे ।

अध्यक्ष थापाले भन्नुभयो, ‘देश सङ्कटकालको चक्रब्यूहमा फसेको छ, ठूला पार्टी भन्नेले यसलाई निकास दिन सकेनन्, सङ्कटकालको चक्रब्यूहबाट जनतालाई मुक्त गर्ने एकमात्र शक्ति राप्रपा नेपाल हो, यसको निर्धारण मङ्सिर ४ ले गर्नेछ ।’ रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us