दक्षिण अफ्रिकाबाट पाकिस्तान पराजित

काठमाण्डु टुडे २०७० कार्तिक २८ गते २:०० मा प्रकाशित

South-Africaकाठमाण्डु, २८ कात्तिक–पाकिस्तानविरुद्धको पहिलो ट्वान्टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका विजयी भएको छ । गएराति दुवईमा भएको खेलमा पाकिस्तानलाई दक्षिण अफ्रिकाले ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो ।

पाकिस्तानले दिएको ९९ रनको झिनो लक्ष्य दक्षिण अफ्रिकाले ३३ बल बाँकी छँदै एक विकेट गुमाएर भेटाएको थियो । अफ्रिकाको जितमा क्वीन्टन डी कोक र फाप डु प्लेसिसले अविजित क्रमशः ४८ र ३७ रन जोडेका थिए ।

टस जिति पहिला व्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ९ विकेट गुमाउदै ९८ रन जोडेको थियो । पाकिस्तानकालागि उमर अकमलले ४९ रन जोड्नु बाहेक अरुले राम्रो प्रदर्शन गर्न सकेनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us