नेपालले अमेरिकासँग हार्‍यो

काठमाण्डु टुडे २०७० कार्तिक २७ गते १४:३१ मा प्रकाशित

cricketकाठमाण्डु, २७ कात्तिक– ट्वान्टी-२० विश्वकप छनोट अघिको पहिलो अभ्यास खेलमा यूएईलाई ५ विकेटले हराएको नेपाल दोस्रो अभ्यास खेलमा भने हार्न पुगेको छ । अभ्यास खेलमा नेपाल अमेरिकासँग ५ विकेटले नै हारेको हो ।

टस जितेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २९ रन बनाएका थिए । जवाफी ब्याटिङमा अमेरिकाले २ बल बाँकी छँदा नै ५ विकेट गुमाएर लक्ष्य चुमेको हो ।  ट्वान्टी-२० विश्वकप छनोट क्रिकेटमा नेपालले शुक्रबार डेनमार्कसँग पहिलो खेल खेल्दैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us