देवेन्द्र,कृष्णगोपाल र ध्यानगोविन्दको रोमाञ्चक प्रतिस्पर्धा

काठमाण्डु टुडे २०७० कार्तिक २६ गते १६:३५ मा प्रकाशित

devendra_poudel7.Krishna Gopal ShresthaDhayan NCकाठमाण्डु–एकीकृत माओवादीका देवेन्द्र पौडेल,काँग्रेसका ध्यानगोविन्द रञ्जित र एमालेका कृष्णगोपाल श्रेष्ठ तीन वटै पार्टीका खम्बा हुन् । प्रमुख प्रतिस्पर्धीलाई केवल दुई सय नौ र तीन सय सात मतले पछि पार्दै अघिल्लो संविधानसभा निर्वाचनमा कांग्रेसका ध्यानगोविन्द रञ्जितले चमत्कारिक जित हासिल गरेको काठमाण्डु–९ मा यसपटक पनि रोमाञ्चकारी प्रतिस्पर्धा हु“दैछ ।
एमाओवादीका लागि आफनो पार्टीका नेवा राज्य समितिका राज्य इन्चार्जलाई जिताउनैपर्ने बाध्यता छ । उनको हार र जित त्यो पार्टीका लागि प्रतीकात्मक हुनेछ । उपत्यकामा आफू कमजोर नभएको प्रमाणित गर्न काँग्रेस रञ्जितलाई जिताउन चाहन्छ भने एमालेलाई आफ्नो स्थितिमा सुधार आएको देखाउन पनि जित्नैपर्ने दबाब छ । कांग्रेस र एमालेका पुरानै अनुहार दोहोरिएका छन् भने एमाओवादीका नयाँ अनुहार हुन । यो अघिल्लो निर्वाचनमा सबैभन्दा कडा त्रिपक्षीय प्रतिस्पर्धा भएको क्षेत्र हो । कांग्रेसका रञ्जितले जित्दा माओवादीका माइला लामाको उनीभन्दा दुई सय नौ मत कम थियो । तेस्रो स्थानमा रहेका एमालेका कृष्णगोपाल श्रेष्ठको माओवादीभन्दा ९८ मत कम थियो । तीनमध्ये पौडेलको राजनीतिक उचाइ बढी छ । पूर्वपोलिटब्युरो सदस्य पौडेल बाबुराम भट्टराई प्रधानमन्त्री हु“दा राजनीतिक सल्लाहकार थिए । उनी एमाओवादीको नेवाः राज्य इन्चार्ज छन् । रञ्जित कांग्रेसका महासमिति सदस्य र श्रेष्ठ एमालेका केन्द्रीय सदस्य हुन् ।
यस क्षेत्रमा कामनपाका ४ वटा वडा र आठ गाविस छन् । कामपनाका वडा नं १२, १४, २१ र २२ तथा तीनथाना, दहचोक, नैकाप नया“, नैकाप पुरानो, भीमढुंगा, रामकोट, बलम्बु र स्युचाटार गाविस यस क्षेत्रमा पर्छन् । १२ नं. मा टेकु, १४ मा कुलेश्वर, बल्खु, रविभवन, २१ मा तबबहाल, ज्याबबहाल, इकुबहाल र २२ मा गणबहाल, टेबबहाल पर्छन् । यस क्षेत्रमा कुल ५७ हजार नौ सय ५७ मतदाता छन् । अघिल्लो निर्वाचनमा ६६ हजार दुई सय ५४ मतदाता थिए ।
माओवादीका पौडेलको राजनीतिक उचाइ र सुदृढ पार्टी संगठन जितका लागि अनुकूलता हो । पार्टी एकता र विभिन्न पार्टीका कार्यकर्ताको माओवादी प्रवेशले उनलाई सघाउनेछ । माओवादीले ९ नं. मा दुई हजारभन्दा बढी विभिन्न पार्टीका कार्यकर्ता, बुद्धिजीवी, समर्थक प्रवेश गरेको दाबी गरेको छ । बलम्बु गाविसका युथ फोर्सका अध्यक्ष अन्तज नकर्मी, १४ नं. वडाबाट पूर्वनगरपालिका सदस्य अशोक सिंह, नेमकिपाका कार्यकर्ता सञ्जय महर्जन, कांग्रेसका स्वर्ण बानिया“लगायत माओवादीमा प्रवेश गरेका छन् । पार्टीभित्रको आन्तरिक एकताले उनलाई सहयोग पुग्न सक्छ ।
अघिल्लोपटकको झिनो मतको हार नै पौडेलको प्रतिकूलता हो । विपक्षी दुवै पार्टीका उम्मेदवार स्थानीय र बलिया हुनु उनलाई प्रतिकूलता हुन् । पार्टी विभाजनको पनि सामान्य असर पर्न सक्छ । उनले विभिन्न पार्टीका कार्यकर्ता आफ्नो पार्टीमा भिœयाएर मत बढाउने रणनीति लिएका छन् । उम्मेदवारी दर्तापछि उनले अन्य पार्टीका कार्यकर्ता भियाइरहेका छन् । अन्य पार्टीका कार्यकर्ता तान्दा आफ्नो मत बढ्ने र अरूको घट्ने भएकाले उनले त्यतातिर ध्यान दिएका छन् । विपक्षी पार्टीमा उत्पन्न असन्तुष्टिमा खेलेर मत तान्ने उनको रणनीति छ ।
अघिल्लो निर्वाचनमा झिनो मतले भए पनि जित कांग्रेसका रञ्जितको अनुकूलता बनेको छ । स्थानीय बासिन्दा र स्थानीय रूपमा स्थापित हुनुले पनि उनलाई सहयोग गर्न सक्छ । बलिया विपक्षी उम्मेदवार, अघिल्लो निर्वाचनमा झिनो मतान्तरको जित उनलाई प्रतिकूलता बनिदिएको छ । पार्टीमा उत्पन्न असन्तुष्टिले पनि समस्या पारेको छ । टिकटका लागि दाबेदार धर्मराज गौतमले टिकट नपाएपछि उनी पक्षधर असन्तुष्ट छन् । केही कार्यकर्ताको माओवादी प्रवेशले पनि समस्या पार्ने देखिन्छ । अखण्ड नेपाल पार्टीका भानुराज पाण्डेले कांग्रेसको केही मत घटाउन सक्छन् । उनले अघिल्लोपटकको मतलाई बचाउने रणनीति बनाएका छन् । माओवादी र एमालेबीच हुन सक्ने प्रतिस्पर्धाबाट आफूलाई अगाडि बढाउने प्रयासमा उनी छन् ।
एमालेका श्रेष्ठका लागि उपत्यकामा स्थापित र स्थानीय बासिन्दा हुनु अनुकूलता बनिदिएको छ । उनी काठमाडौंको नेवा समुदायका हुन् । अघिल्लो निर्वाचनको तेस्रो स्थान, बलिया विपक्षी उनका लागि प्रतिकूलता हुन् । पार्टी विभाजन, कार्यकताको अन्य पार्टी प्रवेश, पार्टीमा उत्पन्न असन्तुष्टिले उनलाई समस्या पार्ने देखिन्छ । क्षेत्रीय समितिले केशवराज पोखरेलको नाम उम्मेदवारीमा सिफारिस गरे पनि अन्तिममा हटाइएपछि उनी असन्तुष्ट छन् । एमालेबाटै फुटेर बनेको संघीय समाजवादीका राधाकृष्ण महर्जनले मतमा केही  असर पार्नेछन् । एमालेले अघिल्लो निर्वाचनको मत कायम राख्दै कमजोर ठाउ“मा प्रभाव बढाउने रणनीति लिएको छ । ऊ संघीय समाजवादीमा जान सक्ने मतलाई जोगाउने प्रयासमा लागिरहेको छ ।
कडा प्रतिस्पर्धाबीच आफ्नो जित दर्ज गर्न एमाओवादी, कांग्रेस र एमालेका उम्मेदवार अहिले मतदातामाझ छन् । एमाओवादीका देवेन्द्र पौडेल, कांग्रेसका ध्यानगोविन्द रञ्जित र एमालेका कृष्णगोपाल श्रेष्ठ मत तान्न घरदैलो अभियानमा छन् । तीनै उम्मेदवारले जितको दाबी गरिरहेको भए पनि अरूलाई हराएर जित्न सहज देखिदैन ।
प्रतिष्ठाका लडाइ हुने यस क्षेत्रमा एमाओवादीले राज्य इन्चार्जलाई जिताउनैपर्ने बाध्यता छ । नेवाः राज्यमा काठमाडौं, भक्तपुर र ललितपुर पर्छन् । उनको हार र जित प्रतीकात्मक हुनेछ । कांग्रेसलाई उपत्यकामा आफू कमजोर नभएको प्रमाणित गर्न र एमालेलाई आफ्नो स्थितिमा सुधार आएको देखाउन जित्नैपर्ने दबाब छ । अघिल्लो निर्वाचनको झिनो मतान्तरको हार–जितले पनि सबैलाई जित्न दबाब परेको छ । प्रमुख प्रतिस्पर्धी तीनै पार्टीले अघिल्लोपटक अगुवाइ गरेका क्षेत्रको मत बचाउ“दै कमजोर क्षेत्रतिर प्रभाव बढाउने प्रयास गरिरहेका छन् । उनीहरूले सहर र गाउ“ दुवैलाई प्राथमिकतामा राखेका छन् । अघिल्लोपटक जितेको रञ्जितलाई यसपालि जित्न निकै मुस्किल छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us