जेष्ठ नागरिकको आशिर्वाद रेग्मीलाई

काठमाण्डु टुडे २०७० कार्तिक २६ गते ६:०९ मा प्रकाशित

jorpati 25-3काठमाण्डु, २६ कात्तिक–वैद्य माओवादीले संविधानसभाको कार्यक्रमलाई विथोल्नको लागि नेपाल बन्द गरेकै दिन काठमाण्डु क्षेत्रनम्बर ३ का एनेकपा माओवादी उम्मेदवार गणेश रेग्मीलाई १०३ वर्षीया एक बृद्धाले जितको शुभकामना दिएकी छन् । जोरपाटी गाविसको आरुवारी निवासी १०३ वर्षीया बालकुमारी पौडेलले आरुवारीमा भएको चुनावी सभामा उपस्थित भएर रेग्मीलाई जितको शुभकामना दिएकी हुन् । त्यसैक्रममा अर्का ९४ वर्षीय वृद्ध गणेशवहादुर राउतले पनि रेग्मीलाई चुनाव जितेर क्षेत्रनम्बर ३ को विकास गर्न शुभकामना दिए ।

कार्यक्रममा सहभागी जेष्ठ नागरिक लगायतले रेग्मीलाई दोसल्ला, फूलमाला तथा खादा ओढाई सम्मान गरेका थिए । निर्वाचन बुथ कमिटीमा आधारित भएका जनसभाको कार्यक्रम वडा नं ३ को विपुल स्कूल केन्द्र, नयाँवस्ती युवा क्लबको परिसर, जोरपाटी चोक, वडा नं.६ बेसीगाउँको छाहारी क्लब, दक्षिण ढोका र माकलवारीमा भएका थिए । रेग्मीले घरदैलो चुनावी अभियान तथा मतदान गर्ने तरिका सिकाउने काम पनि जारी राखेका छन् ।

लोकतान्त्रिक पार्टीले रेग्मीलाई मतदान गर्ने

काठमाण्डुको नाम्ग्याल निवासी नेपाल लोकतान्त्रिक पार्टीका समानुपातिक तर्फका उम्मेदवार मंगलदास श्रेष्ठले एमाओवादी काठमाण्डु क्षेत्रनम्बर ३ का उम्मेदवार गणेश रेग्मीलाई सघाउने घोषणा गरेका छन् । मंगलबार काठमाण्डु निर्वाचन क्षेत्रनम्बर ३ को कार्यक्रममा उपस्थित भएर उनले एमाओवादीका मजदुर नेता रेग्मीको जितलाई सुनिचित बनाउने प्रतिज्ञा गरेका हुन् । उनले लोकतान्त्रिक पार्टीबाट समानुपातिकको उम्मेदवारी विनासर्त फिर्ता लिएको घोषणासमेत गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us