साना दलबाट ठूलालाई चुनौती

काठमाण्डु टुडे २०७० कार्तिक २६ गते ३:५३ मा प्रकाशित

दार्चुला, २६ कात्तिक–यसअघिका निर्वाचनमा ठूला दलबीच मात्र प्रतिस्पर्धा हुने यस जिल्लामा अहिले साना दलका उम्मेदवार ठूला दलका लागि प्रमुख चुनौतीका रुपमा देखिएका छन् । अघिल्लो पटक दार्चुला जिल्लामा रहेको एकमात्र क्षेत्र नं १ मा निर्वाचन जितेको एनेकपा (माओवादी) का लागि राष्ट्रिय शिवसेनाका उम्मेदवार रामसिंह कार्की चुनौतीका रुपमा देखिएका छन् ।

असार पहिलो साता आएको बाढीबाट पीडित जनता र विद्यालयलाई आफ्नो पहलमा पूर्वराजा ज्ञानेन्द्र शाहाद्वारा राहत वितरण गरेको र जिल्लाको विकासमा आफूले मुख्य भूमिका खेलेको दाबी गर्दै उनले आफ्नो पक्षमा मत माग्दै आएका छन् ।

यस्तै नेकपा (एमाले) का उम्मेदवार गणेश ठगुन्नाले पनि आफू विगतदेखि नै जनताको पक्षमा काम गर्ने मान्छे भएकाले साना पार्टीले आफूलाई कुनै प्रभाव नपर्ने भन्दै पार्टीको पक्षमा उर्लिएको जनलहर हेर्दा आफ्नो विजयलाई कसैले रोक्न नसक्ने दाबी गरेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us