
काठमाण्डु, २६ कात्तिक–ट्वान्टी–ट्वान्टी विश्वकप छनोट अघि नेपालले मंगलबार यूएईसँग अभ्यास खेल खेल्दैछ । शुक्रबारको खेल पूर्व नेपालले दुई अभ्यास खेल खेल्नेछ । नेपालले बुधबार अमेरिकासँग खेल्ने छ ।
दुबईस्थित ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा हुने खेलमा नेपालको लक्ष्य प्रतियोगिता अघि जितलाई निरन्तरता दिनु हुनेछ ।
अभ्यास खेलमा टोलीमा रहेका १५ खेलाडी उतार्न पाउने भएकाले सबैलाई मौका दिने नेपाली प्रशिक्षक पुवुदु दाशानायकेको योजना छ । ट्वान्टी–ट्वान्टी विश्वकप छनोटको पहिलो खेलमा शुक्रबार नेपालले डेनर्माकसँग खेल्नेछ ।