
काठमाण्डु, २५ कात्तिक–इङ्लिस प्रीमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत गएराती सम्पन्न खेलमा म्यान्चेस्टर युनाईटेडले आर्सनललाई हराएको छ । आफ्नै मैदान ओल्ड ट्राफोर्डमा म्यान्चेस्टर युनाईटेडले आर्सनलाई १–० ले हराएको हो । म्यान्यूलाई विजयी गराउन रविन भान पर्सीले २७ औं मिनेटमा निर्णायक गोल गरे ।
लिग लिडर आर्सनललाई हराएको म्यान्चेस्टर युनाईटेड २० अंकसहित पाँचौ स्थानमा उक्लिएको छ भने हारे पनि आर्सनल २५ अंकसहित शीर्ष स्थानमा कायम छ ।
आइतबार राती नै भएको अर्को खेलमा उपाधी दावेदार म्यान्चेस्टर सिटी पनि पराजित भएको छ । सिटीलाई सन्डरल्याण्डले १–० ले हराएको हो ।
यसैगरी न्युकासल युनाईटेडले टोटनह्याम हट्सपरलाई १–० ले हराउँदा स्टोक सिटीले स्वान्सी सिटीसँग ३–३ गोलको बराबरी खेलेको छ ।