लिभरपुल दोस्रो स्थानमा

काठमाण्डु टुडे २०७० कार्तिक २४ गते ३:०० मा प्रकाशित

Liverpoolकाठमाण्डु, २४ कात्तिक–इङ्ग्लीस प्रिमियर लिग फुटबलमा लिभरपुल २३ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । गएरातिको खेलमा लिभरपुलले फुलह्यामलाई ४–० ले पाखा लगायो । लिभरपुलकालागि लुईस सुरेजले २ तथा मार्टिन साक्तेल र फरनान्डो एमब्रोविटाले एक–एक गोल गरे ।

यसैगरी एस्टोन भिल्लाले कार्डिफलाई २–० ले पाखा लगाउँदै १० औं स्थानमा पुग्दा साउथ ह्याम्पटनले हल सिटिलाई ४–१ ले पराजित गरेको छ । साउथ ह्याम्पटन पनि २२ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ ।

यस्तै नर्विच सिटीले वेष्ट ह्यामलाई ३–१ गोलले पाखा लगाउदा क्रिष्टल र एभर्टन तथा चेल्सी र वेष्टव्रोम बराबरीमा रोकिएका छन् ।

यता स्पेनिस ला लिगामा रियल मड्रिडले रियल सोसिडाडमाथि ५–१ को जीत हात पारेको छ । जितपछि रियल मड्रिड ३१ अंकका साथ तेस्रो स्थानमा कायम छ । उसकालागि क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us