हेलिकोप्टर दुर्घटनामा १३, बस दुर्घटनामा पाँचको मृत्यु

काठमाण्डु टुडे २०७० कार्तिक २३ गते १४:२८ मा प्रकाशित

जाकर्ता, २३ कात्तिक– इन्डोनेसियाको बोर्नियो प्रान्तमा शनिबार त्यहाँको सैनिकको एक हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा रहेका १३ जनाको ज्यान गएको छ ।

प्राप्त समाचारमा सेनाको सो हेलिकोप्टरले निर्माणको काममा कार्यरत मजदुरलाई लिएर गएको थियो । बोर्नियाको जङ्गलमा सो हेलिकोप्टर दुर्घटना भएको थियो । इन्डोनेसियाली सेनाका प्रवक्ता स्कान्दार सितोम्पुलले सो हेलिकोप्टरमा रहेका १३ को ज्यान गएको र अरु घाइते भएका जानकारी दिएका छन् ।

उनका अनुसार सो हेलिकोप्टरमा केही सेनासहति २१ जना कामदार रहेका थिए । त्यसमा रहेकामध्ये नौ जना गम्भीर रुपमा घाइते भएका छन् । उक्त हेलिकोप्टर जङ्गलमा दुर्घटना भएको र आगो लागेर जलेको समाचारमा जनाइएको छ । तर त्यसमा रहेका केही व्यक्ति भने आगो नलाग्दै भाग्न पनि सफल भएका थिए ।

रसियामा बनेको सो एम आइ १७ हेलिकोप्टरमा १३ जना निर्माणमा कार्यरत मजदुर र बाँकी सैनिक रहेका थिए । सो जानकारी प्रवक्ताले दिएका छन्  ।

बस दुर्घटनामा पाँचको मृत्यु

नयाँ दिल्ली– भारतीय पूर्वी राज्य बिहारमा शनिबार भएको एक बस दुर्घटनामा परी कम्तीमा पनि पाँच जना यात्रुको ज्यान गएको समाचारमा जनाइएको छ ।

सो समाचारमा जनाइएअनुसार उक्त दुर्घटना पूर्वी राज्य बिहारको भोजपुर जिल्लामा भएको हो । सो जिल्लामा शनिबार दिउँसो उक्त दुर्घटना भएको बताइएको छ । उक्त दुर्घटनामा परी अरु २२ जना घाइते भएको पनि बिहार प्रहरीले स्थानीय सञ्चारमाध्यमहरुलाई जनाएको छ ।

सो क्षेत्र पहाडी इलाका भएकोले समय समयमा यस्ता सडक दुर्घटना हुने गरेका पनि समाचारमा उल्लेख गरिएको छ । रासस÷सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us