एमाओवादीलाई जिताउन नेपाली जनप्रगतिशील मञ्च स्पेनको आह्वान

काठमाण्डु टुडे २०७० कार्तिक २३ गते १३:२९ मा प्रकाशित

स्पेन– नेपाली जनप्रगतिशील मञ्च स्पेनले आसन्न संविधानसभाको निर्वाचनमा एकीकृत नेकपा माओवादीलाई बहुमतले जिताउनका लागि स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा आह्वान गरेको छ ।

मञ्चका महासचिव गंगाप्रसाद भुसालले एक विज्ञप्तीमार्फत अग्रगामी एजेण्डा बोकेको र वस्तुस्थितिको वास्तविक मूल्यांकन गर्न सक्ने पार्टी भएको दाबी गर्दै एमाओवादीलाई जिताउन आह्वान गरेका हुन् । वैज्ञानिक दृष्टिकोण भएको पार्टी एमाओवादीलाई भोट हाल्दै अत्यधिक बहुमतले विजय गराउन नेपाली आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरु आतुर रहेको अवस्था एमाओवादीको पक्षमा उर्लिएको जनसागरले पुष्टि गरेको छ’, विज्ञप्तीमा भनिएको छ ।

‘मजदुरहरुको हक़हितको  सुनिश्चितताका लागि समर्पित हुने प्रतिछवद्धता एमाओवादीले आफ्नो प्रतिबद्दतापत्रमा स्पस्ट रुपमा उल्लेख गरिएको छ । तसर्थ विदेशमा रहनुहुने नेपाली जनसमुदाय हरुले पनि आफ्नो क्षेत्रबाट भौतिक, आर्थिक, सामाजिक, रुपमा एमाओवादीलाई सहयोग गर्नुहुन नेपाली जनप्रगतिशील मञ्च स्पेन हार्दिक अपील गर्दछ’, विज्ञप्तीमा उल्लेख छ ।

काँग्रेस र एमालेलाई राजनीतिक दूषित किराको संज्ञा दिँदै नेपालको परिवर्तन र अग्रगमनलाई कुहिरोको काग बनाउने दुस्सहास गरिरहेको आरोप समेत मञ्चले लगाएको छ । ‘संसदवादी र संशोधनवादीहरुको शकुनी पासाले एमाओवादीलाई उल्झनमा पार्ने प्रयत्नहरु मात्रै भएको’ भन्दै देशमा निरंकुश, सामन्ती राजतन्त्रको अन्त्य र नयाँ नेपाल निर्माणको ढोका एमाओवादीले खोलेको मञ्चको विश्वास छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us