
बेइजिङ २३ कात्तिक–चीनका बिदेशमन्त्री वाङ यी आइतवार नयाँ दिल्ली जाने भएका छन । भारतीय बिदेशमन्त्री शलमान खुर्सिदको निमन्त्रणामा चिनियाँ बिदेशमन्त्री भारत भ्रमणमा जान लागेका हुन ।
नयाँ दिल्लीमा आयोजना हुने चीन,भार र रुसका बिदेशमन्त्री वीचको १२ औ बैठक र ११ औ एशिया यूरोप बिदेशमन्त्री सम्मेलनमा भाग लिन मन्त्री वाङ यी नयाँ दिल्ली जान लागेका हुन ।
ली खछियाङले प्रधानमन्त्री भएपछि पहिलो बिदेश भ्रमण भारतबाट थालेका थिए भने भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहले हालै चीन भ्रमण गरेका थिए ।