जर्मनीमा कविता वाचन गर्दै महाकविको सम्झना

काठमाण्डु टुडे २०७० कार्तिक २२ गते १३:१६ मा प्रकाशित

Laxmi-Prasad-Devkotaम्युनिख, २२ कात्तिक– भाषा साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०५ औं जन्म जयन्ती जर्मनीको म्युनिखमा पनि मनाइएको छ । नेपाली भोजनालय याक एन्ड यति, म्युनिखमा एक कार्यक्रम गरी साहित्यिक रचनाहरु वाचन गर्दै प्रवासमा माहकविको सम्झना गरिएो हो ।

सो साहित्यिक जमघटमा सुन्ने भन्दा सुनाउने सर्जकहरु उल्लेख्य रुपमा रुपमा सहभागी भएका एनआरएनए  जर्मनीका वरिष्ठ उपाध्यक्ष नवराज रोस्यारा जानकारी दिएका छन् । उनले आफू सानो छँदा देवकोटाको मुनामदन गिती नाटकमा गरेको अभिनयको मार्मिक प्रसँगहरु झिकेर केही हरफहरु समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा महाकवि देवकोटाको जीवनी, कृतित्व, कवित्व लगायत विषयमा खड्ग न्यौपानेले चर्चा गरेका थिए । रश्मिला कवन, सुवाशचन्द्र सापकोटा, रमिता महर्जन लगायतका कवि– कवियत्रीहरुको कविताहरुले कार्यक्रमको रौनकता बढाएको थियो ।

यस क्रममा हिमालयन परिवार म्युनिखका अध्यक्ष हरि न्यौपाने, याक एन्ड यतिका संचालक सन्चमान जबेगु, नगेन्द्रमान खत्री, अरुण शाह, सुदिपजङ कार्की र भट्टले भविष्मा पनि यस्ता कार्यक्रम हनुपर्नेमा जोड दिए ।

छलफलको निष्कर्शमबाट आगामी डिसेम्बर महिनाभित्र वृहत् साहित्यिक भेला गर्ने निर्णय गरेको छ । जसको लागि नगेन्द्रमान खत्रीको सम्योजकत्वमा सदस्यहरु रश्मिला कवन, सुवाशचन्द्र सापकोटा, सन्चमान जबेगु, शारदा शर्मा, रमिता महर्जन र सूर्य तिवारी सदस्य रहने गरी व्यवस्थापन समिति समेत गठन गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us