
अस्ताउँदो सूर्यलाई अर्घ दिएर शुक्रबारदेखि छठ सुरु भएको छ । विशेषगरी मिथिलाञ्चलमा भव्य रुपमा मनाइने यस पर्व काठमाण्डु उपत्यकालगायत देशैभर मनाइने गरिन्छ । नदी तथा तलाउ किनारमा सूर्यलाई पूजा गरी तराईवासी हिन्दु धर्मावलम्वीहरुले छठ मनाउने गर्छन् ।
केही वर्षदेखि काठमाण्डुको रानीपोखरीमा पनि छठलाई विशेष रुपमा मनाइन थालिएको छ । काठमाण्डुमा रहँदै आएका तराईवासी र अन्य हिन्दु धर्मावलम्वीहरुको भीडले यस वर्ष पनि रानीपोखरी भरिए । रानीपोखरीको पानीले सूर्यलाई अर्घ दिँदै छठ मनाइएका दृश्यहरु यहाँ प्रस्तुत गरिएको छ ।