चिनिया कम्युनिष्ट पार्टी कार्यालयमा बम विस्फोट गराउने पक्राउ

काठमाण्डु टुडे २०७० कार्तिक २२ गते ८:१३ मा प्रकाशित

बेइजिङ, २२ कात्तिक–चिनियाँ कम्युनिष्ट पार्टीको एक प्रान्तीय कार्यालयमा बम विस्फोटको आरोपमा एकजना स्थानीय नागरिकलाई पक्राउ परेका छन ।
गत हप्ता सो पार्टी कार्यालयमा शृंखलाबद्ध रुपमा बम विस्फोट गराइएको थियो । चीनको राजधानी बेइजिङमा त्यहाँका नेताहरुको उच्चस्तरीय बैठक बसेको भोलिपल्ट ती व्यक्ति पक्राउ परेका छन् । china
गत हप्ता राजधानी बेइजिङको तियानमेन चोकमा भएको आक्रमणपछि उक्त बम विस्फोट गराइएको थियो । सो आक्रमणको भने स्थानीय जातीय विद्रोही समूह उइगुरलाई दोष लगाइएको छ ।
सो बम विस्फोटमा परी मानवीय क्षति भने भएको थिएन । तर पार्टी कार्यालयलाई नै लक्ष्य गरेर बम विस्फोट गराइएको भन्दै त्यसलाई सरकारले गम्भीर रुपमा लिएको थियो ।
सो प्रान्तीय पार्टी कार्यालयमा भएको आक्रमणमा सोही क्षेत्रमा बस्ने एक स्थानीय फेङ झियुङलाई प्रहरीले आशङ्का गरेको र उनलाई नियन्त्रणमा लिएको सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उनलाई शुक्रबार बिहानी पख प्रहरीले नियन्त्रणमा लिएको समाचार प्रहरीले सार्वजनिक गरेको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us