चुनावकोबेला भारतमा पनि बम आतंक

काठमाण्डु टुडे २०७० कार्तिक २२ गते २:५२ मा प्रकाशित

काठमाण्डु, २२ कात्तिक– भारतमा हुँदै गरेको विधानसभा निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले ठूलो परिमाणमा तयार पारिएको विष्फोटक पदार्थ सुरक्षाकर्मीले बरामद गरेका छन् । भारतीय जनता पार्टीको तर्फबाट प्रधानमन्त्री पदका उम्मेदवार नरेन्द्र मोदी र काँग्रेस आईकी अध्यक्ष सोनिया गान्धीको चुनावी सभापूर्व छत्तीसगढमा भारीमात्रामा बिष्फोटक पदार्थ बरामद भएको हो ।

भारतमा हुँदै गरेको विधानसभा चुनाव प्रचारप्रसारका क्रममा छत्तिसगढमा सुरक्षा बलले विहीबारमात्रै पचास किलोग्राम ‘इम्प्रोवाइज्ड एक्सप्लोसिव डिवाइसेज’ बरामद गरेको भारतीय सन्चार माध्यमले जनाएका छन् । सुरक्षा बलले बिष्फोटक पदार्थ बरामद गरेर ठूलो दुर्घटना हुनबाट रोकेको बताइएको छ ।

छत्तिसगढमा विहीबार भाजपा नेता मोदीको चुनावी सभा तथा र्‍याली थियो भने शुक्रबार काँग्रेसले चुनावी सभा तथा र्‍याली गर्दैछ । काँग्रेसको सभामा अध्यक्ष सोनिया गान्धी तथा उपाध्यक्ष राहुल गान्धी सहभागी हुदैछन् ।

यसअघि भाजपा नेता मोदीको चुनावी सभालाई लक्षित गरि पटनामा गराईएको बम बिष्फोटमा ८ जनाको मृत्यु भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us