चिनियाँ-भारतीय स्थल सेनाको संयुक्त तालिम शुरु

काठमाण्डु टुडे २०७० कार्तिक २१ गते ४:१२ मा प्रकाशित

China India Army‘सन् 2013- हातमा हात मिलाउने’ नामक चिनियाँ-भारतीय स्थल सेना बीचको संयुक्त तालिम चीनको स छुवान प्रान्तीय अमै शान पहाडमा पर्ने छङ तु सैनिक क्षेत्रको एक कवाजस्थलमा शुरु भएको छ। प्राप्त जानकारी अनुसार, उक्त आतंकबाद विरोधी संयुक्त तालिमको उद्देश्य दुवै पक्षले आतंकबाद विरोधी संयुक्त कार्वाहीको अनुभव संकलन गरेर दुई देशका सेना बीचको मैत्रीपूर्ण आदानप्रदान, सहयोग, समझदारी तथा विश्वासको प्रवर्द्धन गर्नु रहेको छ। पाँच वर्षपछि चिनियाँ तथा भारतीय स्थल सेनाले गरेको यो पहिलो संयुक्त तालिम हो। सम्बद्ध सैनिक मामिला विशेषज्ञले यो संयुक्त तालिमबाट दुई देशका सेनाको सम्बन्ध सामान्य रहेको ठहर गरेका छन्।

चीन तथा भारतले सिमा सुरक्षा सहयोग सम्झौतामा हस्ताक्षर गरेपछि आपसी सहयोगलाई गहन पार्न अर्को वास्तविक कदम स्वरुप ‘सन् 2013- हातमा हात मिलाउने’ नामक चिनियाँ-भारतीय स्थल सेनाको संयुक्त तालिमले सबैलाई ध्यानाकर्षण गराइएको छ। यो तालिम दुवै पक्षले पाँच वर्षपछि आयोजना गरेको पहिलो संयुक्त तालिम हो। यस पटकको तालिमको मुख्य विषय आतंकबाद प्रतिरोध रहेको छ। यस विषयमा ब्याख्या गर्दै चिनियाँ प्रतिनिधि मण्डलका अध्यक्ष एवम् छङ तुङ सैनिक क्षेत्रका डेप्युटी कमाण्डर लेफ्टिनेन्ट जनरल याङ चिनशानले भने ‘आतंकबादी गतिविधिले चीन र भारत दुवै मुलुकमा समसय्या सिर्जना भएको छ। भित्री तथा बाहिरी आतंकबादको विरोध नै हाम्रा दुई देशका सेनाको मान्यता रहेको छ। हाम्रो यस पटकको संयुक्त तालिमका क्रममा तीनटा क्षेत्रमा प्रगति हासिल हुनेछ। यस्तो संयुक्त तालिमबाट दुई देशका सेनाले आतंकबाद विरोधी क्षेत्रमा फाइदाजनक अनुभव पाएका छौं र दोस्रो कुरा चिनियाँ तथा भारतीय सेना बीचको मित्रताको प्रवर्द्धन भएको छ। साथै दुई देशका सेना बीचको समझदारी तथा आपसी विश्वासलाई पनि मजदूत पारिएको छ।’

संयुक्त तालिममा सहभागी भारतीय प्रतिनिधि मण्डलका अध्यक्ष एवं भारतीय स्थल सेनाको कमाण्डर कार्यालय अन्तर्गत युद्धरत विभागका प्रमुखले आफ्नो सम्बोधनमा तालिमबाट प्राप्त उपलब्धिबारे चर्चा गर्दै भने ‘संयुक्त तालिममा सहभागी भारतीय पक्षले चिनियाँ जनमुक्ति सेनासँग सिक्ने आशा गरेको छ। तालिम शुरु हुनुअघि आपसी समझदारी, विश्वासको प्रवर्द्धन गर्नुका साथै सिमा क्षेत्रमा आतंकबाद विरोधी संयुक्त कार्वाही गर्ने क्षमतालाई उकास्ने मतैक्य दुवै पक्ष बीच सम्पन्न भएको छ। यहाँनिर दुई देशका सेना बीचमा आदानप्रदान तथा सहयोगलाई अझ घनिष्ट बनाउन दुई देशका सेना बीचको सम्बन्ध, आपसी समझदारी तथा विश्वासलाई मजदूत पार्ने विश्वास व्यक्त गर्दछु।’

संयुक्त तालिम शुरु भएपछि दुई देशका सेनाले द्बन्द्बग्रस्त शुटिङ, बक्सिङ तथा भारतीय परम्परागत गट्का प्रदर्शन गरिएको छ। प्राप्त जानकारी अनुसार, यस पटकको संयुक्त तालिममा सहभागी चिनियाँ स्थल सेना छङ तुङ सैनिक क्षेत्रको 13 औं पैदल सेना समूह हो भने भारतीय पक्ष भारतीय पूर्वी सैनिक क्षेत्रको एक पैदल सेना समूह रहेको छ। दुवै देशका 144 र 144 गरी दुई सय अठासी सेनाको सहभागी रहेको छ। यस्तो परिधिबारे चर्चा गर्दै चिनियाँ सैनिक मामिला विशेषज्ञ चि मिङख्वीले भने ‘आतंकबाद विरोधी सम्बन्धमा यस्तो परिधि सानो होइन। किनभने हामीले सामना गरेका आतंकबाद आक्रमणको परिधि त्यति ठूलो हुँदैन। सानो आतंकबादी आक्रमणका लागि यस्तो परिधिको आतंकबाद विरोधी तालिमबाट दुई पक्षका युद्धरत विचार तथा शिपको अभ्यास गर्न सकिन्छ।

केही चिनियाँ सैनिक मामिला विशेषज्ञले यस पटकको संयुक्त तालिमबाट चिनियाँ तथा भारतीय सेना बीचको सम्बन्ध सामान्य बाटोमा फर्किसकेको प्रतिविम्वित गरिएको ठहर गरेका छन्। Source CRI

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us