
काठमाण्डु, २१ कात्तिक–च्याम्पियन्स लिग फुटबल अन्तरगत गएराति भएको समुह चरणको खेलमा लियोनल मेसिको दुई गोलको मद्दतमा बार्सिलोनाले एसी मिलानलाई पराजित गरेको छ । एसी मिलानलाई ३–१ गोल अन्तरले हराउँदै बार्सिलोनाले च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । बार्साका लागि मेसिले पेनाल्टीसहित दुई गोल गरे भने अर्को गोल सर्जियो बस्क्युट्सले गरेका हुन् । यस्तै मिलानकालागि भने जेरार्ड पिगुले उपहार गोल गरिदिएका थिए ।
यस्तै गएराति नै भएको खेलमा आरोन राम्सेको गोल मद्दतमा आर्सनलले बोरुसिया डर्टमुण्डलाई १–० गोल अन्तरले पराजित गरेको छ ।
यसैगरि चेल्सीले एफसी साल्केलाई ३–० गोल अन्तरले पराजित गर्दा एथ्लेटिको मड्रिडले अस्ट्रिया भियनामाथी ४–० को जित निकालेको छ । अन्य खेलमा अयाक्सले सेल्टिकलाई १–० र नापोलीले मार्सेलीलाई ३–२ ले पराजित गर्दा जेनिट सेन्ट पिटरवर्ग र एफसी पोर्टो तथा बासेल र बुकुरेस्टले १–१ को बराबरी खेलेका छन् ।