
काठमाण्डु, २० कात्तिक–गैरआवासीय नेपाली संघ (एनआरएनए)का निवर्तमान उपाध्यक्ष रामेश्वर साह बुधबार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । बुधबार विहान काँग्रेस सभापति सुशील कोइरालाले महाराजगञ्जस्थित आफ्नो निवासमा साहलाई पार्टी प्रवेश गराएका हुन् ।
सभापति कोइरालाले एनआरएनले उठाएका मुद्दामा काँग्रेसको सधै साथ र समर्थन रहेको बताए । आगामी दिनमा पनि काँग्रेसले गैरआवासीय नेपालीको हितमा काम गर्ने उनको भनाइ थियो ।
अन्तराष्ट्रिय समन्वय परिषदका संरक्षकसमेत रहेका साहले लामो प्रजातान्त्रिक इतिहास भएको काँग्रेसले नै हालका सबै समस्या समाधान गर्ने देखेर आफू काँग्रेसमा प्रवेश गरेको बताए ।