
काठमाण्डु, २० कात्तिक–च्याम्पियन्स लिग फुटबल अन्तरगत मंगलबार राती भएको खेलमा अल्वारो नेग्रेडोको ह्याट्रिकको मद्दतमा म्यानचेस्टर सिटीले सिएसकेएस मस्कोलाई ५–२ गोल अन्तरले पराजित गरेको छ । जितसँगै सिटी च्याम्पियनस लिगको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।
सीटीका लागि थप दुई गोल सर्जियो अग्युरोले गरे । मस्कोका लागि दुबै गोल सिडु डोम्बियाले गरेका थिए ।
अर्को खेलमा रियल मड्रिडलाई इटालीयन क्लब युभेन्ट्सले २–२ गोलको बराबरीमा रोकेको छ ।
यस्तै रियल सोसिडाडले उपाधी दावेदार म्यानचेस्टर युनाईटेडलाई गोल रहित बराबरीमा रोक्न सफल भएको छ ।
गएराति नै भएका अन्य खेलमा एफसी कोपनहेगनले गालाटासारे, ओलम्पीकासले बेन्फीका तथा वार्यन म्युनिखले भिक्टोरिया प्लेजानलाई पराजित गरेका छन् । यसैगरी पेरिस सेन्ट जर्मेन र आरएससी एन्डरलेक्ट तथा साख्तर डोनेस्क र लेभरकुजनले बराबरी खेलेका छन् ।