भारतका दुईजना सांसद पक्राउ

काठमाण्डु टुडे २०७० कार्तिक २० गते २:५६ मा प्रकाशित

काठमाण्डु, २० कात्तिक–हत्या आरोपमा दुई जना भारतीय सांसद पक्राउ परेका छन् । उत्तर प्रदेशको जोनपुरबाट बहुजन समाज पार्टीका सांसद धनन्जय सिंह र गुजरातका भारतीय जनता पार्टीका सांसद दिनु सोलंकीलाई प्रहरीले पक्राउ गरेको हो ।

सिंह र उनकी श्रीमती जागृतिलाई घरमा काम गर्न राखिएकी महिला कामदारको हत्या गरी प्रमाण मेटाउन प्रयास गरेको प्रहरीको आरोप छ ।

यस्तै गुजरातका सांसद सोलंकीलाई सूचनाको अधिकार सम्बन्धि काम गर्ने अमित जेठवा नामका एक व्यक्तिको हत्याको विषयमा अनुसन्धान गर्न पक्राउ गरीएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us