१० लाख आप्रवासी कामदारले साउदी छाडे

काठमाण्डु टुडे २०७० कार्तिक १९ गते २:२२ मा प्रकाशित

काठमाण्डु, १९ कात्तिक–साउदी अरबमा अवैध रुपमा बस्दै आएका आप्रवासी कामदारको धरपकड सुरु भएको छ । आममाफीको अवधि सकिएलगतै प्रशासनले अवैध रुपमा बस्दै आएका आप्रवासी कामदारहरुलाई पक्राउ गर्न सुरु गरेको हो ।

पछिल्लो तीन महिनामा नेपाली, भारतीय, बंगलादेशी लगायतका करिव १० लाख आप्रवासीले साउदी अरब छोडेका छन् । रियादस्थित नेपाली दूतावासका अनुसार ३५ हजार नेपाली घर फर्किएका छन् भने ७ हजारले बैध भई साउदीमा बसेर काम गर्ने मौका पाएका छन् ।

बीबीसीका अनुसार करिव ४० लाखले भने अरबमा काम गर्ने अनुमति पाएका छन् । एक अनुमानका अनुसार साउदी अबरमा करिव ९० लाख आप्रवासी कामदार छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us