बेल्जियम १९ कात्तिक–नेपाली जनप्रगतिशील मञ्च,बेल्जियमले आगामी मंसिर ४ गते हुने संबिधानसभा निर्वाचनमा एकिकृत नेकपा माओवादीलाई सबै खालको सहयोग गर्न आम समुदायमा अपिल गरेको छ ।
एकीकृत माओवादी बिदेशमा रहेका नेपालीहरुको हितको पक्षमा रहेको ठहर गर्दै मञ्चले त्यस्तो अपिल गरेको हो । एकीकृत माओवादी एक पटकको नेपाली सधैंको नेपाली हुने, पहिचान सहितको संघिय संविधान, आदिवासी, जनजाति, मधेशी,पिछडिएका वर्ग, किसान, शोषित ,उत्पीडित र महिलाहरुको मुतिm लगायतका अवधारणाको प्रतिवद्धता लिएर निर्वाचनको अभियानमा लागेको मञ्चको ठहर छ ।
नेपाली जनप्रगतिशील मञ्च, बेल्जियमको कार्य समितिको बैठकले एकिकृत माओवादीलाई अत्यधिक मतले विजय गराउन मञ्चले युरोपबाट व्यापक रुपमा प्रचार प्रसार तथा अन्य सहयोग गर्ने, निर्वाचनमा एकीकृत माओवादीलाईमत दिनका लागि वेल्जियमबाट प्रचारात्मक अभियानलाई व्यापक रुपमा बढाउने,नेपालमा रहेका आफन्तलाई सम्पर्क गरी मतदानका लागि अपिल गर्ने निर्णय गरेको छ ।
प्रत्यक्ष रुपमा नेपाल गएर निर्वाचन अभियानमा भाग लिन मञ्चका कोषाध्यक्ष कृष्ण पौडेल, सल्लाहकार टिका राम पौडेल,सुस्मा भुसाल,कल्पना मगर लगायत मञ्चमा आवद्ध टोली परिचालन गरिएको पनि मञ्चले जनाएको छ । नेपाल पुगेकी कल्पना मगरले सोमबार सुदुरपश्चिमको कैलाली कञ्चनपुरमा पुगेर निर्वाचन अभियानमा सहभागी हुन लागेको बताइन । कतिपय नेपाल पुग्ने क्रममा रहेको मञ्चले जनाएको छ ।
लक्ष्मण देवकोटालाई रिहा गर्न माग
मञ्चका केन्द्रीय सदस्य तथा आन्तवयरपेन क्षेत्रीय समितिका अध्यक्ष लक्ष्मण देवकोटालाई तत्काल रिहा गर्न मञ्चले माग गरेको छ । देवकोटालाई १४ अक्टोवरमा वेल्जियम प्रहरीले पक्राउ गरी क्लोजक्याम्पमा राखेको छ । देवकोटाको रिहाईका लागि अगाडि बढाइएको कानुनी विधि प्रक्रियालाई छिटो टुंग्याउने निर्णय पनि बैठकले गरेको छ । देवकोटालाई विना शर्त रिहाई गर्न बेल्जियमको प्रशासनिक निकाय र सरकार संग माग गरेको मञ्चले जनाएको छ । देवकोटा आठ बर्षदेखि बेल्जियममा बस्दै आएका छन ।