१६ बर्ष मुनिको फुटबल टोली सम्मानित

काठमाण्डु टुडे २०७० कार्तिक १८ गते ९:२४ मा प्रकाशित

U16काठमाण्डु, १८ कात्तिक–सोह्र बर्ष मुनिको नेपाली राष्ट्रिय फुटबल टोली सम्मानित भएको छ । टोलीलाई नेपाल कोरिया सम्पर्क समितिले नगद ५० हजार सहित सम्मान गरेको हो । टोलीलाई समितिका अध्यक्ष लोप्चन राईले नगद सहित सम्मान गरे।

१६ बर्ष मुनिको नेपाली टोली एएफसी च्याम्पियनशिपका लागि छनोट भएको थियो । काठमाडौंमा सम्पन्न छनोट चरणमा नेपाली टोलीले बहराइन र तुर्किमिनिस्तानलाई पराजित गरेको थियो भने ईराकसँग दुई–दुईको बराबरी खेल्दै अन्तिम चरणका लागि छनोट भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us