आसाममा सात जना जुवा खेलाडीको हत्या,नौ गम्भीर

काठमाण्डु टुडे २०७० कार्तिक १८ गते ६:३५ मा प्रकाशित

assamगुवाहाटी, १८ कात्तिक–सङ्कास्पद हतियारधारीको एक समूहले उत्तर पूर्वी भारतीय राज्य आसाममा सातजनाको हत्या गरेको छ ।
    सो हतियारधारी समूहले प्रहार गरेको गोली लागेर अरु नौ जना गम्भीर घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
    आसाम राज्यको गोलापारा जिल्लामा सो हत्याकाण्ड भएको हो । भारतीय सेनाको पोशाकमा आएका ती अज्ञात व्यक्तिले ती व्यक्तिको हत्या गरेका हुन ।
    भारतीय हिन्दू धर्माबलम्बीहरुको चाड दिवालीका क्रममा तास खेल्न बसिरहेका बेला सो हतियारधारी एकजना व्यक्तिको सो निजी घरमा प्रवेश गरी अन्धाधुन्द गोली चलाएको थियो ।
    असाममा रहेको गारो नेशनल लिबरेशन आर्मी (जिएनएलए) नाम रहेको एक पृथकतावादी समूहमा आफुहरु आबद्ध रहेको पहिचान उनीहरुले छोडेको प्रहरीले जनाएको छ ।
असाम राज्यका प्रहरी महानिरीक्षक एस एन सिंहका अनुसार हतियार बोकेका करिब ६ जनाको समूहमा आएका हतियारधारीले सो हत्या गरेका हुन् ।  
    प्रत्यक्षदर्शीले सो समूहमा आएका व्यक्तिले सेनाको पोशाक लगाएका र जसका कारण आफूहरु पनि जुवा तास खेलिरहेको बेलामा प्रहरी आएको भनेर झुक्किएको पनि बताएका छन् ।
    प्रहरी महानिरीक्षक सिंहले घाइते भएका नौ जनामध्ये सातको अवस्था चिन्ताजनक रहेको जानकारी दिए । उनीहरुको हाल स्थानीय अस्पतालमा उपचार जारी रहेको छ । रासस/एएफपी  

 

 

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us