एमाओवादीको चुनाव प्रचारमा रेखादेखि उदितसम्मका कलाकार

काठमाण्डु टुडे २०७० कार्तिक १८ गते ४:३४ मा प्रकाशित

chetan 2चलचित्रका रिलमा देखा पर्ने कलाकार अहिले संबिधानसभा निर्वाचनमा मतदाताका घर घरमा पुग्न थालेका छन । नयाँ संबिधानमा आफना हक अधिकार संस्थागत अग्रसरता देखाउँदै उनीहरु अग्रगामी एजेण्डा बोक्ने राजनीतिक दल र तिनका उम्मेदवारका पक्षमा मत माग्दै मतदाताका घरघरमा पुग्न थालेका छन ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष तथा काठमाण्डु निर्वाचन क्षेत्र नम्बर १० का उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’को चुनाबी घरदैलो कार्यक्रममा आइतवार प्रगतिशिल साहित्यकार खगेन्द्र संग्रौला, वाम बुद्धिजीवी श्याम श्रेष्ठ, स्तम्भकार राजेन्द्र महर्जन, उपन्यासकार युग पाठकसहित बौद्धिक–सांस्कृतिक अगुवाहरु कीर्तिपुर नगरपालिका, बाघभैरव, र पुरानो कीर्तिपुर बजार क्षेत्रका मतदाताका घर–घरमा पुगेका थिए । Artiest
माओवादी केन्द्रीय सदस्यसमेत रहेका बलराम तिमिल्सिनाका अनुसार सामना सांस्कृतिक परिवारको केन्द्रीय टोली चुनाव प्रचारमा जुटेको छ । टोलीले देशका महŒवपूर्ण निर्वाचन क्षेत्रमा साँस्कृतिक कार्यक्रम प्रदर्शन गर्दै आएको छ । कात्तिक २० देखि २६ सम्म एमाओवादीले गर्न लागेको मेची–महाकाली अभियानमा पनि कलाकारहरु सहभागी हुँदैछन ।
सामना साँस्कृतिक परिवारले ‘फेरि आयो माओवादी’ सहितका १५ वटा नया“ र दुईवटा पुराना गीतसहितको एल्बम पनि निकालेको छ । कलाकारहरुले घर–घरमा गीतिएल्बमसमेत वितरण गरेका छन । जनकपुरलाई केन्द्र बनाएर मिथिलामा नाट्य टोली तयार पारिएको छ । पूर्वमा पनि नाट्य टिम खटिएको छ । भोजपुरामा चर्चित गायक उदीतनारायण झाले गाएका गीत घन्किएका छन । उदीतले माओवादी चुनावी प्रचारका लागि चारवटा गीत गाएका छन् ।
यसबाहेक एमाओवादी सांस्कृतिक विभागले चलचित्रकर्मी केपी पाठकको संयोजकत्वमा चलचित्रकर्मीहरू रहेको ६७ सदस्यीय चुनाव प्रचार टोली बनाएको छ । सो टोली पनि चुनावी प्रचारको मैदानमा उत्रिसकेको छ । नायिकाद्धय रेखा थापा र मौसमी मल्ल, कलाकारहरु राजेन्द्र खड्की, सुलेमान शंकर, किशोर भण्डारीलगायतका चलचित्रकर्मी चुनावी प्रचारमा जुटेका छन् । उनीहरू विभिन्न समूह बनाएर उम्मेदवारको भिन्नाभिन्नै प्रचारमा लागेका छन् । उनीहरूले आफ्ना दर्शक, शुभचिन्तक, फ्यानहरूलाई यसपालि परिवर्तनलाई संस्थागत गर्न तथा आर्थिक समृद्धि, विकास र चलचित्र क्षेत्रको विकासका लागि एमाओवादी र उसका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् ।Chetan
कलाकारहरूको टोलीले तिहारमा देउसी खेल्दै चुनाव प्रचारको तयारी गरेको छ । तिहारमा उनीहरूले उम्मेदवारसहित देउसी खेल्ने र पैसा होइन भोट माग्ने नीति बनाएको पाठकले जानकारी दिए । चलचित्रकर्मीहरूले अपिल जारी गर्दै परिवर्तनको पक्षपाति शक्ति भएको भन्दै माओवादीलाई मतदान गर्न आग्रह गरेका थिए । अपिलमा केपी पाठक, शिवजी लामिछाने, दयाराम दाहाल, गोपालचन्द्र लामिछाने, मौसमी मल्ल, राजेन्द्र खड्गी, कुमार महर्जन, विमला केसी, उदय सुब्बा, चेतन सापकोटा, लक्ष्मण शेष, डब्बु क्षेत्री, जयनन्द लामा, मौनता श्रेष्ठ, सुलेमान शंकर इकुलगायतका चलचित्रकर्मीको हस्ताक्षर छ । चलचित्रकर्मीहरूको टोली मंगलबार बिहान कीर्तिपुर पा“गामा पुगेर प्रचण्डको प्रचार अभियानमा लागेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us