क्युबाका सिनेमाघर बन्द हुने

काठमाण्डु टुडे २०७० कार्तिक १८ गते २:४७ मा प्रकाशित

काठमाण्डु, १८ कात्तिक– स्वतन्त्र कारोबार प्रबद्र्धनलाई व्यबस्थित गर्न भन्दै क्यूबा सरकारले निजी सिनेमाघर र भिडीयो गेम खेलाइने पार्लरहरु बन्द गर्ने भएको छ । सत्तामा रहेको साम्यवादी सरकारले केही समय पहिले मात्र निजी क्षेत्रमाथि लगाइएको प्रतिबन्ध हटाएको थियो । तर, केही उद्यमीहरुले आफ्नो अनुमति पत्रको दुरुपयोग गर्दै निजी सिनेमाघर र मनोरन्जन पार्लरहरु खोलेपछि क्युबा सरकारले पछिल्लो निर्णय गरेको हो ।

निजी क्षेत्रमा अनुशासन ल्याउन क्यूबा सरकारले यस्तो घोषणा गरेको सरकारी अखबार यानमा उल्लेख छ । सरकारको निर्णय अटेर गर्नेहरुलाई कडा कारबाही गर्ने पनि चेतावनी दिइएको छ । –एजेन्सीको सहयोगमा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us