लगातार दोस्रो पटक मनाङद्वारा उपाधि कब्जा

काठमाण्डु टुडे २०७० कार्तिक १६ गते १२:०३ मा प्रकाशित

कास्की, १६ कात्तिक– सफल पोखरा कप अन्र्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्र्याङ्दी क्लबले कब्जा गरेको छ । मनाङले यस उपाधि लगातार कब्जा गर्न सफल भएको ।

शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा चिरप्रतिद्वन्द्वी थ्री स्टार क्लबलाई २–१ को गोल अन्तरले पछार्दै लगातार दोस्रो पटक उपाधि कब्जा गर्न मनाङ सफल भएको हो । यो सिजनमा मात्रै मनाङको यो तेस्रो उपाधि हो । मनाङ यसै सिजनमा गोर्खा कप र भुटानको किंग्सको उपाधिमाथि पनि कब्जा जमाएको थियो ।

manag-safal-pokhara

उपाधिका साथमा मनाङले ३ लाख ५५ हजार नगर पुरस्कार पनि पाएको छ । त्यस्तै मनाङसँग हार बेहोर्दै दोस्रो हुने थ्री स्टारले १ लाख १ हजार पुरस्कार पाएको छ । खेलको सुरुमा चुनौतीपूर्ण खेल पस्केपनि त्यसको निरन्तरता दिन नसक्दा थ्री स्टारले दोस्रोमै चित्त बुझाउन बाध्य भएको हो ।

खलको ३७ औं मिनेटमा थ्रीस्टारका सन्तोषले गोल गर्दै अग्रता दिलाए पनि ४५ औं मिनेटमा पेनाल्टबाट मनाङका सुजन श्रेष्ठले बराबरीमा पु¥याए । दोस्रो हाफमा खेल निकै रोमाञ्चक बनेको थियो ।

निर्धारित समयमा खेल बराबरी मै रहेपछि थपिएको २० मिनेटमभित्र मनाङ गोल गर्न सफल भयो र उपाधिको रक्षा ग¥यो । १ सय २ औं मिनेटमा विशाल राईको गोलबाट मनाङको जित निश्चित भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us