मैत्रीपूर्ण सुधार योजना ल्याउने चिनिया राष्ट्रपति सी को घोषणा

काठमाण्डु टुडे २०७० कार्तिक १७ गते ३:५१ मा प्रकाशित

Xi-Jin-Pingबेइजिङ १७ कात्तिक–चिनिया राष्ट्रपति सी चिन फिङगले प्रतिक्षित चिनिया कम्युनिष्ट पार्टीको आगामी केन्द्रीय समितिले मैत्रीपूर्ण सुधार योजना ल्याउने बताएका छन् । सो बैठकबाट सुधारलाई सम्पूर्ण रुपमा गहन पारिने बिषयमा समष्टीगत बन्दोबस्त मिलाउने धारणा चिनिया कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका सीले व्यक्त गरेका हुन् । चीनमा कम्युनिष्ट पार्टीको निर्णय सरकारले लागू हुन्छ ।

बेइजिङमा २१ औ शताब्दीको कमिटी सम्बन्धी सम्मेलनमा बिदेशी प्रतिनिधिसँग शनिवार भएको भेटमा उनले त्यस्तो धारणा व्यक्त गरेका हुन् ।
संसारभरीका बुद्धिजीवीहरुले चिनिया कम्युनिष्ट पार्टीलाई समग्र सुधार योजनाका साथ नयाँ मार्गचित्रको प्रस्ताव ल्याउन सुझाव दिन थालेका थिए ।

संसारको सबै भन्दा ठूलो पार्टी चिनिया कम्युनिष्ट पार्टीको १८ औ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक कात्तिक २३ गतेदेखि २६ गतेसम्म वेइजिङमा हुँदैछ । सुझाव संकलनका लागि शुक्रवार अमेरिकाको वासिङटनमा आयोजित गोष्ठीमा चिनिया मामिलाका थिङक टयाङकहरुले चिनिया कम्युनिष्ट पार्टीले चीनको सुधारको समय तालिका र मार्गचित्र ल्याउने अपेक्षा व्यक्त गरेका छन् ।

ब्रुकिङ्गस इन्ष्टिटयुसनद्धारा आयोजित गोष्ठीमा चीन मामिला बिज्ञ ली छङ्गले चिनिया नेतृत्वले बैकिङ,बित्त,शहरीकरण,जग्गा लगायतका बिषयमा वास्तविक सुधार योजना बनाउने अनुमान गरेको सीआरआईले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us